काठमाडौं । इनड्राइभले काठमाडौंका ड्राइभर पार्टनर्सका लागि ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सञ्चालन गर्ने भएको छ । नोभेम्बर २ देखि २९, २०२६ सम्म चल्ने क्याम्पेनमा ड्राइभरहरूले विभिन्न आकर्षक पुरस्कार जित्न सक्नेछन् ।
क्याम्पेनमा सहभागी हुन ड्राइभरहरूले एक साताभित्र कम्तीमा ६० वटा राइड पूरा गरी ‘प्लाटिनम’ स्तर हासिल गर्नुपर्नेछ । क्याम्पेन अवधिमा पूरा गरिएको प्रत्येक योग्य राइडलाई लक्की ड्रको एक इन्ट्रीका रूपमा गणना गरिनेछ । यसका लागि छुट्टै दर्ता गर्नुपर्ने छैन ।
क्याम्पेनअन्तर्गत एक जनाले रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल, चार जनाले याडिया इलेक्ट्रिक स्कुटर, १६ जनाले सामसङ ग्यालेक्सी ए१७ ५जी स्मार्टफोन र २० जनाले एयर फ्रायर जित्नेछन् ।
त्यस्तै, २०० जनाले जनही ५ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर र ८०० जनाले जनही १० लिटर इन्धन बराबरको भौचर पाउनेछन् ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले ड्राइभर पार्टनर्सको मेहनत, समर्पण र योगदानको सम्मान गर्न क्याम्पेन ल्याइएको बताइन् । यसले ड्राइभरहरूलाई थप प्रोत्साहन गर्नुका साथै पुरस्कार जित्ने अवसर बढाउने कम्पनीको विश्वास छ ।
इनड्राइभले यस्ता क्याम्पेनमार्फत ड्राइभर पार्टनर्ससँगको सम्बन्ध बलियो बनाउने र उनीहरूको सक्रिय सहभागितालाई प्रोत्साहन गर्ने लक्ष्य राखेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया