काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सवारी शुल्क उठाउन सुरु गरिएको छ ।
आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको दरअनुसार दस्तुर तिरेर मात्र आवतजावत गर्नुपर्ने व्यवस्था गरिएको हो ।
निर्धारित व्यवस्थाअनुसार सुरुङमार्ग प्रयोग गरी काठमाडौं भित्रिने तथा बाहिरिने सबै सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित सवारी वर्गीकरणअनुसार शुल्क तिर्नुपर्नेछ ।
निर्धारित शुल्कअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्दा प्रवेशतर्फ ६०० रुपैयाँ र बाहिरिने क्रममा २५० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
सुरुवाती चरणमा सवारी चालकले नगद तथा क्यूआर कोडमार्फत शुल्क भुक्तानी गर्न सक्नेछन् । आगामी दिनमा भने आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गरी स्वचालित रूपमा शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको छ ।
नयाँ व्यवस्थासँगै नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सबै सवारीसाधनले तोकिएको शुल्क अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया