काठमाडौं । अमेरिकी डलरको मूल्य खस्किने क्रम जारी छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । हिजो बुधबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको थियो । अस्ति मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा र सोमबारका लागि एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको थियो ।
यसैगरी, जापानी येन र चिनियाँ युआन पनि आज कमजोर बनेको छ । आज बिहीबारका लागि जापानी येन १ को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा कायम गरिएको छ । हिजो बुधबारका लागि जापानी येन १ को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, मंगलबार १ को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा र सोमबार १० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको थियो ।
यस्तै, आज बिहीबारका लागि चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७० पैसा र बिक्रीदर २२ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । बुधबार चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा, मंगलबार खरिददर २२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २२ रुपैयाँ ९४ पैसा र सोमबार खरिददर २३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २३ रुपैयाँ १७ पैसा निर्धारण गरिएको थियो ।
केन्द्रीय बैंकका अनुसार आज बिहीबारका लागि थाई भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ । थाई भाट बुधबारका लागि एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा निर्धारण गरिएको थियो । यस्तै, मंगलबार थाई भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा र सोमबार खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा निर्धारण गरिएको थियो ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ०७ पैसा र बिक्रीदर १७० रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०२ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ३० पैसा र बिक्रीदर १८३ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर ४० रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा कायम भएको छ ।
युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११ रुपैयाँ ४२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २५ पैसा र बिक्रीदर १५ रुपैयाँ ३१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १९ रुपैयाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ १० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ २० पैसा बिक्रीदर ४०३ रुपैयाँ ७९ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३९६ रुपैयाँ २३ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया