काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ घटेको छ ।
यस दिन सुनको भाउ तोलाको २ हजार १०० रूपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ ।
हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ९६ हजार ५०० रुपैयाँ थियो ।
यता, चाँदीको मूल्य तोलाको २५ रूपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया