काठमाडौं । कृत्रिम बुद्धिमत्ताको विकास, प्रयोग, नीति र भविष्यबारे विश्वव्यापी बहस हुने World Summit AI 2026 नेदरल्यान्ड्समा सुरु भएको छ। अक्टोबर ७ र ८ मा आयोजना भइरहेको सम्मेलनमा विश्वभरका एआई विज्ञ, अनुसन्धानकर्ता, प्रविधि उद्यमी, नीति निर्माता, लगानीकर्ता तथा सञ्चारकर्मी सहभागी छन्।
विश्व एआई समिटको १०औँ संस्करणमा ३० भन्दा बढी देशका प्रतिनिधि तथा ७० भन्दा बढी मिडिया आउटलेटको सहभागिता रहेको आयोजकले जनाएको छ। यस वर्षको सम्मेलनमा १० हजारभन्दा बढी सहभागी, ३०० भन्दा बढी वक्ता, १० वटा ट्र्याक र १०० भन्दा बढी प्रदर्शक सहभागी हुने बताइएको छ।
सम्मेलनमा नेपालबाट विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिसँगै लोकपथ डटकमका सम्पादक तथा मिडिया उद्यमी रमेश जमकटेल पनि सहभागी भएका छन्।
सम्मेलनमा एआई सुरक्षा, नयाँ प्रविधि, एआईको व्यावहारिक प्रयोग, नीति, अर्थतन्त्र तथा समाजमा कृत्रिम बुद्धिमत्ताको प्रभावलगायत विषयमा विभिन्न सत्रमा छलफल भइरहेको छ।
सन् २०१७ मा एम्स्टर्डमबाट सुरु भएको World Summit AI अहिले विश्वव्यापी एआई समुदायको महत्वपूर्ण अन्तर्राष्ट्रिय जमघटका रूपमा स्थापित भएको आयोजकले जनाएको छ। २०२६ को सम्मेलनको मुख्य स्थल नेदरल्यान्ड्सको Taets Art and Event Park, Zaandam रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया