काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन ब्रान्ड लिपमोटरले सन् २०२६ को सेप्टेम्बरमा विश्वभर १ लाख ५ हजार ६५६ युनिट विद्युतीय सवारीसाधन डेलिभरी गरेको छ । कम्पनीका अनुसार योसँगै सन् २०२६ को तेस्रो त्रैमासिकमा कुल डेलिभरी ३ लाख १० हजार ५२ युनिट पुगेको छ ।
लिपमोटरले लगातार तेस्रो महिनामा मासिक १ लाख युनिटभन्दा बढी सवारीसाधन डेलिभरी गरेको हो । गत वर्षको सोही अवधिको तुलनामा सेप्टेम्बरको डेलिभरी ५९ प्रतिशतले बढेको छ भने तेस्रो त्रैमासिकको डेलिभरी ७८.३ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।
तेस्रो त्रैमासिकको बलियो प्रदर्शनसँगै सन् २०२६ को पहिलो नौ महिनामा कम्पनीको विश्वव्यापी डेलिभरी ६ लाख ६६ हजार ५३९ युनिट पुगेको छ। यो संख्या सन् २०२५ को पूरै वर्षमा भएको कुल डेलिभरीभन्दा समेत बढी हो ।
विश्वव्यापी अटोमोबाइल कम्पनी स्टेलान्टिससँगको साझेदारीमा सञ्चालित लिपमोटर इन्टरनेसनलमार्फत कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिसमेत विस्तार गरिरहेको छ। हालसम्म लिपमोटरको विश्वव्यापी निर्यात १ लाख ५० हजार युनिट नाघेको छ । यस्तै, युरोपमा कम्पनीको बिक्री तथा सेवा सञ्जाल १ हजारभन्दा बढी स्थानमा विस्तार भएको जनाइएको छ ।
नयाँ ऊर्जा सवारीसाधन (एनईभी) बजारमा तीव्र गतिमा विस्तार भइरहेको लिपमोटरले आफ्नो अन्तर्राष्ट्रिय बजार हिस्सा बढाउँदै लगेको कम्पनीको दाबी छ ।
नेपालमा भने साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटरका विद्युतीय सवारीसाधन बिक्री गर्दै आएको छ । कम्पनीले नेपाली बजारमा T03, B03X, B10 र C10 लगायतका विद्युतीय मोडल उपलब्ध गराउँदै आएको जनाएको छ ।
साङ्ग्रिला मोटर्सले नेपाली ग्राहकलाई उन्नत ईभी प्रविधि, सुरक्षा र दिगो विद्युतीय यातायातको अनुभव उपलब्ध गराउने लक्ष्य लिएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया