काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा टीभीएस रेडर १२५ सिंगल सीट सार्वजनिक गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा जगदम्बा मोटर्सकी अध्यक्ष दीपा अग्रवाल र उपाध्यक्ष दीपक रौनियारले सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर तथा इन्फ्लुएन्सरहरूको उपस्थितिमा नयाँ मोडल सार्वजनिक गरेका हुन् ।
नयाँ टीभीएस रेडर १२५ सिंगल सीटको मूल्य २ लाख ७९ हजार ९०० तोकिएको छ । नयाँ भेरियन्टसँगै नेपालमा टीभीएस रेडरको पोर्टफोलियो थप विस्तार भएको कम्पनीले जनाएको छ ।
सिंगल सीट कन्फिगरेसनले चालक र पछाडि बस्ने यात्रुका लागि फराकिलो तथा सहज सिटिङ एरिया प्रदान गर्ने कम्पनीको दाबी छ । दैनिक आवतजावत, लामो दूरीको यात्रा तथा दुई जनासहितको राइडलाई ध्यानमा राखेर नयाँ मोडल तयार गरिएको बताइएको छ ।
काम, कलेज, लेजर राइड तथा पारिवारिक आवतजावतका लागि समेत उपयोगी हुने गरी रेडर १२५ सिंगल सीट ल्याइएको कम्पनीले जनाएको छ । नयाँ भेरियन्टमा रेडरको स्पोर्टी डिजाइन र पहिचानलाई भने निरन्तरता दिइएको छ ।
टीभीएस रेडर १२५ सिंगल सीटमा १२४.८ सीसी इन्जिन, ५–स्पीड गियरबक्स, रिभर्स एलसीडी डिजिटल डिस्प्ले, एलईडी लाइटिङ, मोनोशक सस्पेन्सन र यूएसबी चार्जिङ लगायतका फिचर छन् ।
कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सकी अध्यक्ष दीपा अग्रवालले रेडरले आकर्षक डिजाइन, प्रदर्शन र प्रविधिमार्फत युवा राइडरमाझ बलियो सम्बन्ध स्थापित गरेको बताइन् ।
उनले नयाँ सिंगल सीट भेरियन्टमार्फत रेडरको स्पोर्टी पहिचानलाई कायम राख्दै थप आराम र दैनिक प्रयोगको सुविधा उपलब्ध गराउन खोजिएको बताइन् ।
त्यस्तै, जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले आजका युवा राइडरले मोटरसाइकलबाट यातायातको साधनभन्दा बढी अपेक्षा गर्ने बताए । आकर्षक डिजाइन, राम्रो प्रदर्शन र दैनिक जीवनमा सहज रूपमा प्रयोग गर्न सकिने विशेषतालाई नयाँ रेडर १२५ सिंगल सीटले समेटेको उनको भनाइ थियो ।
कम्पनीका अनुसार नयाँ रेडर १२५ सिंगल सीट नेपालभर रहेका आधिकारिक टीभीएस बिक्री केन्द्रमार्फत उपलब्ध हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया