काठमाडौं । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बतास एमएडब्लू कमर्सियल भेइकल्स (बीएमसीभी) ले भल्वो आइसरका कमर्सियल सवारीसाधन खरिद गर्ने ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ ।
कम्पनीले ‘दशैँ–तिहार अफर २०८३’ अन्तर्गत भल्वो आइसरका एलसीबी, एचसीबी, एचडी तथा स्कुल बस खरिद गर्ने ग्राहकलाई विभिन्न उपहार र विदेश भ्रमणको अवसर दिने जनाएको छ।
असोज १६ गतेदेखि कात्तिक ३० गतेसम्म चल्ने योजनाअन्तर्गत ग्राहकले थाइल्यान्ड, दुबई, युरोप तथा कपल युरोप टुरमध्ये विभिन्न विदेश भ्रमणको अवसर पाउनेछन् ।
त्यस्तै, आईफोन १८ प्रो म्याक्स, सामसुङ एस२५ लगायतका मोबाइल तथा विभिन्न होम अप्लायन्सेससमेत उपहारमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कुन मोडलको सवारी खरिद गरिएको हो भन्ने आधारमा उपहार र अफर फरक–फरक हुनेछन् । यो योजना भल्वो आइसरका एलसीबी, एचसीबी, एचडी तथा स्कुल बस खरिदमा लागू हुनेछ ।
कम्पनीले दशैँ–तिहारलाई नयाँ सुरुवात गर्ने अवसरका रूपमा लिँदै ग्राहकको व्यावसायिक आवश्यकता र चाडपर्वको उत्साहलाई जोड्न यो योजना ल्याएको जनाएको छ ।
भल्वो आइसरका कमर्सियल सवारीसाधन नेपाली बजारमा विभिन्न व्यावसायिक काममा प्रयोग हुँदै आएका छन् । कम्पनीले सवारीसाधनमा इन्धन बचत, टिकाउपन, कम सञ्चालन खर्च र बिक्रीपछिको सेवालाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
बीएमसीभीले नेपालका सातै प्रदेशमा १४ शाखा, ५ डिलर र १३२ रिटेलरमार्फत भल्वो आइसरका सवारीसाधन बिक्री तथा बिक्रीपछिको सेवा दिँदै आएको छ ।
कम्पनीका अनुसार अफरमा पाइने उपहार तथा सुविधा सवारीको मोडलअनुसार फरक हुनेछन् र ग्राहकले कम्पनीका नियम तथा शर्तहरू पालना गर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया