कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर होटलमा २० प्रतिशतसम्म छुट

लोकपथ
0
Shares

काठमाडौं । कुमारी बैंक र ठमेलस्थित रमदा अन्कोर बाइ विन्डम होटलबीच बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले होटलको खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । साथै, होटलका विभिन्न सेवा प्रयोग गर्दा किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा पनि उपलब्ध हुने बैंकले जनाएको छ ।

वार्षिक रूपमा न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकले आफ्नो जन्मदिनमा निःशुल्क केक पाउनेछन् । त्यस्तै, पारिवारिक जमघट तथा कार्यक्रमका लागि केक र कर्केज शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले एक दिनको कोठा निःशुल्क पाउनेछन् । ग्राहकले ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’मा समेत विशेष छुट पाउने बैंकले जनाएको छ ।

कुमारी बैंकले २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकका अनुसार देशभर २७९ शाखा, २९५ एटिएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?