काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले बालकुमारीस्थित एथलेट ल्यान्ड एन्ड ट्रेनिङ क्लबसँग सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकले क्लबका विभिन्न सेवा तथा सुविधामा ७.५ प्रतिशतदेखि १७.५ प्रतिशतसम्म विशेष छुट पाउनेछन् ।
यो सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
बैंकले ग्राहकलाई विभिन्न क्षेत्रमा थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न संस्था तथा व्यवसायसँग सहकार्य गर्दै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया