प्रभु बैंकका ग्राहकलाई ‘रुस्काज् ब्युटी स्टुडियो’ मा २० प्रतिशतसम्म छुट

लोकपथ
0
Shares

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले काठमाडौंको कमलादीस्थित रुस्काज् ब्युटी स्टुडियोमा विभिन्न सौन्दर्य सेवामा छुट पाउने भएका छन् ।

यसका लागि प्रभु बैंक र रुस्काज् ब्युटी स्टुडियोबीच समझदारी भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले ५ देखि २० प्रतिशतसम्म र कर्मचारीले ५ देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् ।

छुटअन्तर्गत कपाल काट्ने, थ्रेडिङ, फेसियल, छालाको उपचार, हेयर केमिकल, म्यानिक्योर, पेडिक्योर, व्याक्सिङ र मेकअप प्याकेजलगायतका सेवाहरू समेटिएका छन् । साथै, सौन्दर्यसम्बन्धी तालिम तथा कस्मेटिक र स्किन केयर उत्पादनमा समेत छुट उपलब्ध हुनेछ ।

सम्झौतामा रुस्काज् ब्युटी स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रुस्काज वैद्य श्रेष्ठ र प्रभु बैंकका बागमती प्रदेश प्रमुख प्रचिती श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

छुट सुविधा लिन बैंकका ग्राहकले मान्य डेबिट वा क्रेडिट कार्ड तथा विद्युतीय भुक्तानी प्रणालीमध्ये कुनै एक प्रयोग गर्नुपर्नेछ । बैंकका कर्मचारीले भने प्रभु बैंकको कर्मचारी परिचयपत्र देखाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?