काठमाडौं । वुलिङ नेपालले आफ्ना विद्युतीय सवारीसाधनको ट्रयाक्सन मोटर र उच्च भोल्टेज ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी दिने भएको छ ।
कम्पनीका अनुसार ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरमध्ये जुन अवधि पहिले पूरा हुन्छ, त्यही वारेन्टीको सीमा हुनेछ ।
नेपालमा वुलिङका एक्सियन, मिनी ईभी र डेरियन गरी तीनवटा विद्युतीय मोडल बिक्री हुँदै आएका छन् । एक्सियन ५ प्लस २ सिटे एसयूभी, मिनी ईभी ४ सिटे कम्प्याक्ट कार र डेरियन ७ सिटे एमपीभी हो ।
एक्सियनमा ६९.२ किलोवाट घण्टाको ब्याट्री र १५० किलोवाटको मोटर रहेको छ । यसले ३१० न्यूटन मिटर टर्क उत्पादन गर्ने र एकपटक चार्ज गर्दा ५३० किलोमिटरसम्म चल्ने कम्पनीको दाबी छ ।
मिनी ईभीमा २५.१ किलोवाट घण्टाको ब्याट्री र ३० किलोवाटको मोटर छ। कम्पनीका अनुसार यसले एकपटक चार्ज गर्दा ३०१ किलोमिटरसम्म दूरी तय गर्न सक्छ ।
त्यस्तै, डेरियनमा ६९.२ किलोवाट घण्टाको ब्याट्री र १५० किलोवाटको मोटर रहेको छ । यसले ३१० न्यूटन मिटर टर्क उत्पादन गर्ने तथा एकपटक चार्जमा ५४० किलोमिटरसम्म चल्ने दाबी गरिएको छ ।
नेपालमा वुलिङका विद्युतीय सवारीसाधनको आधिकारिक आयात तथा वितरण प्यारामाउन्ट मोटर्स प्रालिले गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया