होण्डाद्वारा बाढी प्रभावितका लागि १ लाख डलर सहयोग

लोकपथ
0
Shares

काठमाडौं । होण्डा कम्पनीले नेपालमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितका लागि १ लाख अमेरिकी डलर सहयोग गरेको छ ।

बाढी प्रभावितको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो ।

होण्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसियन होण्डा मोटर कम्पनी लिमिटेडले थाई रेडक्रस सोसाइटीमार्फत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ ।

कम्पनीले बाढीमा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभ र जनजीवन सामान्य अवस्थामा फर्किने कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?