सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन, भोलिदेखि कारोबार खुल्ने

लोकपथ
0
Shares

काठमाडौं । सिद्धार्थ बैंकको १० प्रतिशत बोनस सेयर वितरणपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बैंकको सेयर मूल्य समायोजन गरेको छ ।

बिहीबारको अन्तिम कारोबार मूल्य ४५९ रुपैयाँ ९० पैसालाई आधार बनाएर नेप्सेले बैंकको सेयर मूल्य समायोजन गरेको हो । बोनस सेयर समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४१८ रुपैयाँ ९ पैसा कायम भएको छ ।

समायोजन गरिएको मूल्यलाई आधार मानेर सिद्धार्थ बैंकको सेयर कारोबार शुक्रबारदेखि दोस्रो बजारमा खुल्नेछ ।

बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएपछि नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । बोनस सेयर वितरणपछि कम्पनीको कुल सेयर संख्या बढ्ने भएकाले सोहीअनुसार बजार मूल्य समायोजन गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?