लक्ष्मी सन्राइज क्यापिटलद्वारा बाढीपीडितका लागि २१ लाख बढी सहयोग

लोकपथ
0
Shares

काठमाडौं । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २१ लाख ५७ हजार ४१८ रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले भदौ १० गते रसुवा लगायतका क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको हो ।

भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको आवश्यकता सम्बोधन गर्न, राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन र प्रभावित समुदायको पुनःस्थापनामा योगदान गर्ने उद्देश्यले सहयोग गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त रकम कम्पनी र त्यहाँ कार्यरत कर्मचारीहरूको तर्फबाट संकलन गरिएको हो । विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको कम्पनीले जनाएको छ ।

लक्ष्मी सन्राइज क्यापिटलले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, उद्धार गरिएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?