बजाजको पल्सर एनएसको ब्रान्ड एम्बेसडर बने रविन्द्र ढाँट

लोकपथ
0
Shares

काठमाडौं । बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

कम्पनीका अनुसार ढाँटसँगको सहकार्यले पल्सर एनएसको शक्ति, प्रदर्शन र आत्मविश्वासमा आधारित पहिचानलाई थप बलियो बनाउनेछ ।

‘पावर मिट्स पावर’ भन्ने अवधारणामा आधारित यो सहकार्यले रविन्द्र ढाँटको व्यक्तित्व र पल्सरको प्रदर्शनबीचको समानतालाई प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । ढाँटको शक्ति, तीव्रता र प्रभावशाली व्यक्तित्व पल्सरको पावर, प्रदर्शन र मस्कुलर स्ट्रिटफाइटर डिजाइनसँग मेल खाने कम्पनीको भनाइ छ ।

बजाजले पल्सरलाई शक्ति, प्रदर्शन र आक्रामक राइडिङका लागि परिचित मोटरसाइकलका रूपमा प्रस्तुत गर्दै आएको छ । ढाँटसँगको सहकार्यले विशेषगरी युवा तथा प्रदर्शनमुखी मोटरसाइकल मन पराउने राइडरसँग ब्रान्डको सम्बन्ध थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

अब रविन्द्र ढाँट पल्सर एनएसका विभिन्न विज्ञापन, ब्रान्ड अभियान तथा उपभोक्ता संलग्नताका कार्यक्रममा देखिनेछन् । यसमार्फत पल्सरका उत्पादनका विशेषता र प्राविधिक पक्षसँगै शक्ति, आत्मविश्वास र बोल्ड व्यक्तित्वलाई पनि प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

बजाजका अनुसार रविन्द्र ढाँट र पल्सरबीचको सहकार्यले शक्ति र प्रदर्शनको एउटै भावनालाई जोड्नेछ । आगामी अभियान तथा सामग्रीका लागि ग्राहकले बजाज नेपालको आधिकारिक सामाजिक सञ्जाल र अन्य सञ्चार माध्यम हेर्न सक्नेछन् । साथै, पल्सरबारे थप जानकारीका लागि नजिकैको बजाज शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?