काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले यस वर्षको दशैँका लागि ‘बजाज गेम अफ पावर–खेल्ने हो ?’ अभियान ल्याएको छ ।
अभियानमार्फत बजाजका ग्राहक तथा मोटरसाइकलप्रेमीहरूले मोटरसाइकल खरिदसँगै पुरस्कार जित्ने, डिजिटल रेसमा सहभागी हुने र आफ्ना मनपर्ने च्याम्पियनसँग भेट्ने अवसर पाउनेछन् ।
दशैँको अवसरमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले १ लाखसम्मको पुरस्कार पाउनेछन् । साथै, स्मार्ट घडी, हस्ताक्षरित सामग्री तथा बजाजका विशेष उपहार जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ ।
अभियानको विशेष आकर्षणका रूपमा रविन्द्र ढाँट, सीआर७ होराआ (सन्जन गौतम) र दीपेन्द्र सिंह ऐरीसँग भेट्ने अवसरसमेत रहेको छ । अभियानअन्तर्गत छनोट भएका विजेताले यी च्याम्पियनहरूसँग प्रत्यक्ष भेटघाट गर्न सक्नेछन् ।
अभियानलाई डिजिटल माध्यममा पनि जोड्दै बजाजले ‘पल्सर रेसिङ गेम’ ल्याएको छ ।
यसमा सहभागीहरूले आफूलाई मनपर्ने च्याम्पियनको पात्र छनोट गरी डिजिटल ट्र्याकमा रेस गर्न सक्नेछन् । सबैभन्दा कम समयमा रेस पूरा गर्ने तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले हस्ताक्षरित टी–सर्ट, च्याम्पियनका सामग्री तथा बजाजका विशेष उपहार जित्न सक्नेछन् ।
डिजिटल माध्यमको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै अभियानमा युवाहरूलाई लक्षित विभिन्न गतिविधि समेटिएको कम्पनीले जनाएको छ ।
यस्ता गतिविधिले युवाहरूलाई बजाजसँग अझ नजिक जोड्नुका साथै उनीहरूमा थप उत्साह र सहभागिता बढाउने अपेक्षा गरिएको छ ।
त्यसैगरी, ‘शो योर पावर’ च्यालेन्जमार्फत राइडर तथा मोटरसाइकलप्रेमीहरूले आफ्नो शक्ति, फिटनेस र पल्सरप्रतिको लगावलाई आफ्नै सिर्जनात्मक शैलीमा प्रस्तुत गर्दै सहभागी हुन सक्नेछन् । यस चुनौतीबाट छनोट भएका विजेताले पनि च्याम्पियनहरूसँग भेट्ने अवसर पाउनेछन् ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘दशैँमा नयाँ जोश र उत्साहसँगै रमाइलो गर्ने माहोल हुन्छ। यही अवसरमा हाम्रा ग्राहकलाई मोटरसाइकल खरिदसँगै नयाँ अनुभव दिने उद्देश्यले ‘गेम अफ पावर’ ल्याएका हौँ । पुरस्कारदेखि, डिजिटल रेस र च्याम्पियनसँगको भेटसम्म, यस अभियानले ग्राहकलाई सहभागी हुँदै आफ्नो पावर देखाउने अवसर दिनेछ ।’
‘बजाज गेम अफ पावर – खेल्ने हो ?’ मार्फत बजाजले यस दशैँमा मोटरसाइकल खरिदलाई पुरस्कार, प्रतिस्पर्धा र विशेष अनुभवसँग जोड्दै ग्राहकहरूका लागि थप उत्साहपूर्ण अनुभव दिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया