होण्डाको चाडपर्व अफर : कार किन्दा १० लाखसम्म छुट, बीमा र सर्भिसिङ निःशुल्क

लोकपथ
0
Shares

काठमाडौं । होण्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैँ, तिहार र छठलाई लक्षित गर्दै ‘होण्डाको सफर’ नामक चाडपर्व योजना सार्वजनिक गरेको छ ।

कम्पनीले ग्राहकलाई चाडपर्वमा नयाँ कार खरिद गर्न सहज बनाउने उद्देश्यले यो योजना ल्याएको हो । योजनाअन्तर्गत होण्डाका नयाँ कार खरिद गर्दा ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् ।

यसैगरी, नयाँ कार खरिद गर्ने ग्राहकले एक आर्थिक वर्षको सडक कर र एक वर्षको पूर्ण बीमा निःशुल्क पाउनेछन् । कम्पनीले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ र एक वर्षको निःशुल्क सडक सहायता सुविधा पनि उपलब्ध गराउने जनाएको छ ।

पुरानो गाडी साटेर नयाँ होण्डा कार खरिद गर्न चाहने ग्राहकका लागि अन द स्पट एक्सचेन्ज र आकर्षक एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ ।

नयाँ गाडी खरिदलाई सहज बनाउन स्याकार हायर पर्चेज र एनआईसी एसिया बैंकसँगको सहकार्यमा कम ब्याजदरमा फाइनान्सिङ सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना शुक्रबार (सेप्टेम्बर २५) देखि नोभेम्बर १६, २०२६ सम्म देशभरका होण्डा कार शोरुममा लागू हुनेछ ।

यस योजनाअन्तर्गत होण्डा सीआरभी, एलेभेट, सिटी र सिटी ई–एचईभी कार खरिद गर्न सकिनेछ । योजनामा कम्पनीका नियम तथा सर्त लागू हुनेछन् ।

अफरबारे थप जानकारीका लागि ग्राहकले नजिकैको होण्डा कार शोरुममा सम्पर्क गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?