काठमाडौं । जापानी अटो निर्माता कम्पनी होन्डाले अमेरिकामा हाइब्रिड गाडी उत्पादन गर्न नयाँ कारखाना स्थापना गर्ने तयारी गरेको छ ।
होन्डाले अमेरिकाको ओहायो राज्यमा प्लान्ट निर्माणका लागि ३ खर्बदेखि ४ खर्ब येनसम्म लगानी गर्ने तयारी गरेको हो ।
प्लान्ट निर्माणका विषयमा ओहायो सरकारसँग होन्डाको छलफल अन्तिम चरणमा पुगेको छ । सम्झौता टुंगिएमा सन् २०३० देखि प्लान्ट सञ्चालनमा ल्याउने कम्पनीको योजना छ ।
अमेरिकामा होन्डाले करिब २० वर्षपछि नयाँ कारखाना स्थापना गर्न लागेको हो । यसअघि विद्युतीय गाडीमा बढी लगानी गर्दै आएको कम्पनीले ईभी बजारमा आएको परिवर्तनपछि हाइब्रिड गाडीको उत्पादनमा पनि लगानी बढाउन थालेको हो ।
नयाँ प्लान्टबाट उत्पादन हुने हाइब्रिड गाडी मुख्य रूपमा अमेरिकी बजारमा बिक्री गरिनेछ । स्थानीय रूपमा उत्पादन बढाएर बजारको माग पूरा गर्ने, आपूर्ति व्यवस्थापन गर्ने र उत्पादन लागत नियन्त्रण गर्ने होन्डाको योजना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया