एमजीको चाडपर्व अफर : गाडी किन्दा ३ लाखसम्म बचत, बीमा र रोड ट्याक्स निःशुल्क

लोकपथ
0
Shares

काठमाडौं । एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउण्ट मोटर्स नेपालले चाडपर्व लक्षित विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘Drive More, Celebrate More’ नामक अफर ल्याएको हो ।

असोज ६ गतेदेखि छठ पर्वसम्म लागू हुने यस योजनाअन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् । साथै, ग्राहकले निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क रोड ट्याक्स, इजी एक्सचेन्ज र इजी फाइनान्स जस्ता सुविधा पाउने कम्पनीले जनाएको छ ।

अफरमा MG HS PHEV/HEV, MG U9 EV, MG IM6, MGS6 EV, MGS5 EV र MG4 लगायतका मोडल समावेश छन् ।

हालै नेपाली बजारमा सार्वजनिक गरिएको MG HS PHEV/HEV मा आधुनिक हाइब्रिड प्रविधिसँगै प्रिमियम कम्फर्ट र प्रदर्शन रहेको कम्पनीको दाबी छ । त्यस्तै, MG U9 EV ४×४ इलेक्ट्रिक पिकअपका रूपमा क्षमता र बहुउपयोगितालाई ध्यानमा राखेर तयार गरिएको छ ।

त्यसैगरी, MGS6 EV मा १८० किलोवाटको मोटर, रियर ह्विल ड्राइभ (RWD), इन्डिपेन्डेन्ट रियर सस्पेन्सन तथा ५३० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, MGS5 EV ४३ लाख ९९ हजार रुपैयाँदेखि उपलब्ध रहेको छ । RWD र इन्डिपेन्डेन्ट रियर सस्पेन्सनसहितको यो मोडललाई कम्पनीले आफ्नो सेग्मेन्टमा आकर्षक विकल्पका रूपमा प्रस्तुत गरेको छ ।

चाडपर्व अफरमार्फत ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार विभिन्न हाइब्रिड तथा विद्युतीय मोडलमध्ये उपयुक्त गाडी छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?