काठमाडौं । चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन लाइनअन्तर्गतको नेभो क्यू०५ शुक्रबार पोखरामा सार्वजनिक हुने भएको छ ।
एमएडब्ल्यू वृद्धि अटोकर्प प्रालिले नेभो क्यू०५ सार्वजनिक गरेसँगै चारदिने टेस्ट ड्राइभ कार्यक्रमसमेत आयोजना गर्ने भएको छ । ग्राहकले असोज ३ देखि ६ गतेसम्म चौतारास्थित डीपल पोखरा शोरुममा पुगेर गाडीको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
नेभो क्यू०५ को अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
गाडीमा ५१.९ किलोवाटआवर क्षमताको क्याटल लिथियम–आइरन–फस्फेट ब्याट्री प्रयोग गरिएको छ । चाङ्गानको गोल्डेन सिल्ड २.० ब्याट्री प्रणालीमा आधारित उक्त ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न १५ मिनेट लाग्ने कम्पनीले दाबी गरेको छ ।
१२० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको नेभो क्यू०५ ले एनईडीसी परीक्षणअनुसार एकपटक पूर्ण चार्जमा ४६२ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने कम्पनीले जनाएको छ । यसको ऊर्जा खपत प्रतिकिलोमिटर १२.९ किलोवाटआवर रहेको छ ।
गाडीमा ३सी फास्ट चार्जिङको सुविधा रहेको छ भने अधिकतम १६२ किलोवाटसम्मको डीसी चार्जिङ क्षमता रहेको कम्पनीले जनाएको छ ।
नेभो क्यू०५ मा २ हजार ७३५ मिलिमिटरको ह्वीलबेस रहेको छ । पछाडिका सिट रिक्लाइन गर्न सकिने भएकाले यात्रामा थप आराम मिल्ने र ५४० लिटरको बुट स्पेस रहेको कम्पनीको भनाइ छ ।
गाडीको डिजाइन चाङ्गानको विश्वव्यापी डिजाइन नेटवर्कअन्तर्गत विकास गरिएको हो । कम्पनीका अनुसार यसको डिजाइनमा ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन प्रोफेसनल संलग्न छन् । डिजाइन टोलीको नेतृत्व चाङ्गान ग्लोबल डिजाइनका उपाध्यक्ष तथा पूर्व फक्सवागन ग्रुप डिजाइन प्रमुख क्लाउस जिकियोराले गरेका छन् ।
कम्पनीका अनुसार नेभो क्यू०५ को डिजाइनले गोल्डेन ‘ए’ डिजाइन अवार्डसमेत प्राप्त गरेको छ । गाडीमा एरोडाइनामिक प्रोफाइल, विशिष्ट लाइटिङ सिग्नेचर तथा फराकिलो रोड प्रेजेन्स दिइएको छ ।
चाङ्गान नेभोका अनुसार सन् २०२६ अगस्टको अन्त्यसम्म नेभो क्यू०५ को कुल बिक्री १ लाख २५ हजारभन्दा बढी पुगेको छ । साथै, चीनको कम्प्याक्ट एसयूभी बजारमा लगातार चार महिनासम्म अग्रता हासिल गरेको कम्पनीले जनाएको छ ।
नेपालमा चाङ्गान अटोमोबाइल तथा यसका सब–ब्रान्ड डीपल, नेभो र अवात्रका लागि एमएडब्ल्यू वृद्धि अटोकर्प प्रालि अधिकृत डिलरका रूपमा रहेको छ । कम्पनीले नेपालमा उन्नत प्रविधि, नयाँ डिजाइन तथा नेक्स्ट–जेनेरेसन मोबिलिटी सोलुसन्स उपलब्ध गराउँदै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया