GWM का ‘ओरा ५’ र ट्यांक ३०० लाई अन्तर्राष्ट्रिय ‘अटोमोटिभ डिजाइन’ अवार्ड

लोकपथ
0
Shares

काठमाडौं । ग्रेट वाल मोटर्स (GWM) का दुई मोडल ओरा ५ र ट्यांक ३०० ले २०२६ टोरिनो अटोमोटिभ डिजाइन अवार्ड्स (TADA) मा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् ।

अवार्डअन्तर्गत ओरा ५ ले पारिवारिक कार विधामा ‘बेस्ट इन्टेरियर डिजाइन अवार्ड’ र ट्यांक ३०० ले प्रिमियम कार विधामा ‘बेस्ट टेक्नोलोजिकल इनोभेसन अवार्ड’ जितेका हुन् ।

ओरा ५ ले आराम, प्रविधि र दैनिक प्रयोगलाई प्राथमिकता दिइएको आधुनिक इन्टेरियर डिजाइनका लागि अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ । यसको केबिनमा प्रविधिमैत्री ककपिट, कनेक्टिभिटी र यात्राको आरामलाई प्राथमिकता दिइएको छ ।

त्यस्तै, ट्यांक ३०० मा प्रिमियम एसयूभीका विशेषतासँगै उन्नत अफ–रोड प्रविधि र बलियो इन्जिनियरिङ समेटिएको छ । यसले प्रविधिगत नवप्रवर्तन र अफ–रोड क्षमताका लागि सम्मान प्राप्त गरेको कम्पनीको भनाइ छ ।

यी दुई अवार्डले GWM को उत्पादन पोर्टफोलियोमा विद्युतीय सवारीको आधुनिक डिजाइनदेखि प्रिमियम एसयूभीको प्रविधि र अफ–रोड क्षमतासम्मको विविधता प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

नेपालमा GWM को आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालि रहेको छ । कम्पनीले नेपाली बजारमा विद्युतीय सवारी तथा प्रिमियम एसयूभी सेग्मेन्टमा GWM का विभिन्न मोडल विस्तार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?