टीभीएसले ल्यायो ‘गोल्डेन की’ योजना, १० लाखसम्म नगद छुट र शतप्रतिशत क्यासब्याकको अवसर

लोकपथ
0
Shares

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दशैं लक्षित ‘TVS Golden Key’ उपभोक्ता योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले तीनमध्ये एक निश्चित पुरस्कार प्राप्त गर्नेछन् । ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट, गोल्ड की वा खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याकमध्ये कुनै एक पुरस्कार पाउने कम्पनीले जनाएको छ ।

हरेक खरिदमा निश्चित पुरस्कार प्राप्त हुने भएकाले योजनाले ग्राहकलाई थप आकर्षित गर्ने कम्पनीको विश्वास छ ।

यस्तै, योजनाअन्तर्गत हुने दैनिक लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिस जित्ने अवसर पाउनेछन् । यसबाट ग्राहकले सवारीसाधन खरिदपछि पनि दीर्घकालीन सेवाको लाभ लिन सक्नेछन् ।

दशैंमा टीभीएसका दुईपांग्रे सवारीसाधन खरिदलाई सहज बनाउन कम्पनीले फाइनान्स सुविधा पनि उपलब्ध गराउने जनाएको छ । यो सुविधा सम्बन्धित नियम तथा सर्तअनुसार लागू हुनेछ ।

योजना सार्वजनिक गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले दशैंलाई थप विशेष बनाउन ग्राहकलाई अतिरिक्त मूल्य र आकर्षक अवसर प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको बताए ।

कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहकलाई थप मूल्य, उपयोगी लाभ र चाडपर्व मनाउने थप कारण प्रदान गर्न योजना ल्याइएको बताए । उनले सहज फाइनान्स सुविधासहितको योजनाले नेपालभर टीभीएस सवारीसाधनको स्वामित्वलाई थप सहज र आकर्षक बनाउने विश्वास व्यक्त गरे ।

नेपालमा टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले राष्ट्रव्यापी बिक्री तथा बिक्रीपछिको सेवा सञ्जालमार्फत सवारीसाधन बिक्री गर्दै आएको छ । कम्पनीले टीभीएसका विभिन्न मोडल र प्रविधि नेपाली बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ ।

योजनामा सम्बन्धित नियम तथा सर्तहरू लागू हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?