ग्यास अभाव हटाउन सरकारको नयाँ उपाय, अब जुनसुकै कम्पनीको सिलिन्डर साटेर ग्यास लिन सकिने

लोकपथ
0
Shares

काठमाडौं । बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव हटाउन सरकारले नयाँ व्यवस्था गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यासको सहज आपूर्तिका लागि सम्बन्धित निकायसँग छलफल गरेपछि यस्तो व्यवस्था गरिएको हो ।

अब उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास बजारमा नपाएमा अर्को कम्पनीको भरिएको सिलिन्डर पनि सोही मूल्यमा किन्न सक्नेछन् । त्यसका लागि एउटा कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर साट्न पाइनेछ ।

बाढीका कारण ग्यास आपूर्ति प्रभावित भएकाले तत्कालका लागि यो व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री यादवले निर्णय कार्यान्वयन गर्न नेपाल आयल निगम र ग्यास उद्योगलाई निर्देशन दिएकी छन् । संकटको समयमा कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई दुःख दिने वा नियम उल्लङ्घन गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?