काठमाडौं । चीनको अटोमोबाइल ब्रान्ड चेरी लगातार दोस्रो वर्ष चीनका अटोमोबाइल ब्रान्डमध्ये सवारी साधनको विश्वसनीयतामा पहिलो स्थानमा परेको छ ।
२०२६ जेडी पावर चाइना भेइकल डिपेन्डेबिलिटी स्टडी (भीडीएस) अनुसार चेरीले गुणस्तर र टिकाउपनमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको हो ।
जेडी पावरको अध्ययनमा १३ देखि ४८ महिनासम्म पुराना सवारी साधन प्रयोग गरिरहेका ग्राहकले पछिल्लो ६ महिनामा भोगेका समस्याका आधारमा गाडीको विश्वसनीयता मूल्याङ्कन गरिएको थियो । अध्ययनमा चीनका ८० सहरका ११ हजारभन्दा बढी सवारीधनी, ३४ ब्रान्ड र १०९ मोडल समेटिएका थिए ।
लगातार दोस्रो वर्ष पहिलो स्थान हासिल गरेपछि चेरीले गुणस्तरीय, टिकाउ र भरपर्दो सवारी साधन उत्पादनप्रतिको आफ्नो प्रतिबद्धता थप बलियो भएको जनाएको छ ।
नेपालमा पनि चेरी क्यूको सुरुवातसँगै चेरी ग्रुपअन्तर्गतका ओमोडा, जेइको र आइकार ब्रान्डको उपस्थिति विस्तार भइरहेको छ । यी ब्रान्डले नेपाली बजारमा आधुनिक डिजाइन, स्मार्ट प्रविधि र विभिन्न आवश्यकताअनुसारका सवारी साधन उपलब्ध गराउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया