बाढीले अवरुद्ध विद्युत् सेवा कहाँ–कहाँ पुनः सुचारु भयो ?

लोकपथ
0
Shares

काठमाडौं । सरकारले रसुवा–भोटेकोसी बाढीका कारण अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालनलाई तीव्र बनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी आएको भोलिपल्टदेखि नै आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गरेर विद्युत् सेवा पुनःस्थापनाको काम थालेको हो ।

बाढीले विद्युतको संरचनामा ठूलो क्षति पुर्‍याएपछि मन्त्रालयले वैकल्पिक उपाय अपनाएर सेवा सञ्चालन गरिरहेको छ । मंगलबार नुवाकोटको विदुर नगरपालिका–१० र ११ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ । त्यस्तै, तारकेश्वर–४ मा पनि विद्युत् सेवा सुचारु भएको छ ।

ऊर्जामन्त्री विराज भक्त श्रेष्ठका अनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ ।

विद्युत् सेवा अझै पुग्न नसकेका ठाउँमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सोलार प्रणाली वितरणको काम पनि भइरहेको छ । सामुदायिक आश्रयस्थलका लागि २ किलोवाट क्षमताका सोलार प्रणाली तथा घरपरिवारका लागि आवश्यकताअनुसार व्यक्तिगत सोलार प्रणाली उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?