एकैदिन ३ हजारले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

लोकपथ
0
Shares

काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजारले घटेर ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेको हो । अघिल्लो दिन ४ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले घटेर ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?