२४ सयले घट्यो सुनको मूल्य, चाँदी के भयो ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हो ।

हिजो आइतबार ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २४ सय रुपैयाँले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलाको ३५ रूपैयाँले घटेर ४ हजार ६९० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?