काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ४.६६ अंकले बढेर २ हजार ५४२.७७ विन्दुमा पुगेको छ ।
बुधबार २ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार कारोबार रकम बढेर ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ५२ करोड रुपैयाँले बढेको हो ।
बिहीबार ३४६ कम्पनीका १ करोड २१ लाख ६३ हजार कित्ता सेयर ४० हजार ६९२ पटकको कारोबारबाट किनबेच भएका छन् ।
पछिल्ला दुई कारोबार दिनदेखि नेप्से बढिरहेको छ। बुधबार पनि नेप्से १५।४४ अंकले बढेको थियो ।
बिहीबार १३ उपसमूहमध्ये ९ वटा उपसमूहको सूचक बढेको छ। लगानी उपसमूह १।२६ प्रतिशतले बढेर सबैभन्दा अगाडि रह्यो । व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढीले बढेको छ ।
यस्तै, वित्त, जलविद्युत्, निर्जीवन बीमा र अन्य उपसमूहको सूचक भने घटेको छ ।
सेन्सेटिभ इन्डेक्स ०.३१ अंक, फ्लोट इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१२ अंकले बढेका छन् ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अगाडि रह्यो । कम्पनीको ४० करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब १३ करोड ५० लाख रुपैयाँ र सोलु हाइड्रोपावरको १२ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
बिहीबार विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ८.७६ प्रतिशत बढेको छ । चिरख्वा हाइड्रोपावरको सेयरमूल्य ८.५ प्रतिशतभन्दा बढी र आशा लघुवित्तको करिब ८.५ प्रतिशत बढेको छ ।
यसैगरी, पियोर इनर्जीको सेयरमूल्य सबैभन्दा धेरै १३.३३ प्रतिशत घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया