काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकको भदौ १७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
घोषित लाभांशमध्ये ६ प्रतिशत नगद लाभांश (करसहित) र ४ प्रतिशत बोनस शेयर रहेको छ ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । त्यसपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई लाभांश वितरण गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया