ढुवानी व्यवसायीलाई गाडी किन्न मुक्तिनाथ विकास बैंकले कर्जा दिने

लोकपथ
0
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच ढुवानी व्यवसायीलाई गाडी खरिद तथा व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघका अध्यक्ष माधवप्रसाद नेपालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार महासंघमा आबद्ध व्यवसायीले ढुवानीका लागि आवश्यक जुनसुकै ब्रान्डका गाडी खरिद गर्न बैंकबाट कर्जा लिन सक्नेछन् । व्यवसाय सञ्चालनका लागि आवश्यक अन्य कर्जासमेत बैंकले उपलब्ध गराउने जनाएको छ ।

बैंकले आफ्ना देशभरका १७६ शाखामार्फत सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । यसबाट ढुवानी व्यवसायीलाई गाडी खरिद गर्न तथा व्यवसाय विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

बैंकले हाल अटो कर्जा, कृषि कर्जा र एसएमई कर्जामा समेत न्यूनतम ब्याजदरमा कर्जा दिने विशेष योजना सञ्चालन गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?