काठमाडौं । पछिल्लो ६ कारोबार दिनदेखि सेयर बजार आज सामान्य अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २५ सय २२ दशमलव ६६ अंक विन्दुमा आइपुगेको छ ।
आज उत्पादन तथा प्रशोधन समुहको उपसूचक १ प्रतिशतले घटेको छ भने बाँकी १२ वटै उपसूचकमा हरियाली छाएको छ । यसदिन हाइड्रोपावर सर्वाधिक १।०१ प्रतिशतले बढेको छ ।
नेप्से परिसूचक बढे पनि आज कारोबार भने बढ्न सकेन । यसदिन ३४१ कम्पनीको ७६ लाख १३ हजार कित्ता सेयर २ अर्ब ९० करोड ६९ लाखमा खरिद बिक्री भएको छ ।
हिजो ३४७ कम्पनिको ९३ लाख २२ हजार १८५ कित्ता सेयर ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रूपैयाँमा किनबेच भएको थियो।
आज १८१ कम्पनीको सेयर मूल्य बढ्दा ८४ वटा कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
माथिल्लो मैलुन खोला जलविद्युतको ७.१५ प्रतिशत, एमबीएल इक्विटी फण्डको ५.८८ प्रतिशत, इमर्जिङ नेपालको ४.८५ प्रतिशत, सान्जेन जलविद्युतको ३.८१ प्रतिशत, मन्छियम हाइड्रोपावरको ३.६९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यता उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.४८ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया