नेशनल लाइफ इन्स्योरेन्सद्वारा भोटकोशी बाढी पीडितलाई १ करोड ५१ लाख सहयोग

लोकपथ
0
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कम्पनीले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्रानसहितको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि उक्त रकम सहयोग गरेको हो ।

कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले मंगलबार एक विशेष कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई १ करोड ५१ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

नेशनल लाइफले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा जुट्न आफ्ना कर्मचारी र अभिकर्ताहरूलाई आग्रह गरेको छ ।

कम्पनीले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?