माछापुच्छ्रे बैंकद्वारा बाढीपीडितका लागि २ करोड १ लाख सहयोग

लोकपथ
0
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बैंकका अध्यक्ष रोशन केसीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

बाढीपहिरोबाट प्रभावित नागरिकको घर, सम्पत्ति तथा जनजीवनमा ठूलो क्षति पुगेपछि बैंकले सहयोग गरेको जनाएको छ ।

यसअघि पनि बैंकले प्रभावित क्षेत्रमा खाद्यान्न, ओढ्ने–ओछ्याउनेलगायत दैनिक आवश्यक पर्ने राहत सामग्री उपलब्ध गराएको थियो ।

बैंकले विपद्का बेला प्रभावित नागरिकलाई राहत दिन र पुनर्स्थापना गर्न आफ्नो सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?