शारदा ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

लोकपथ
0
Shares

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि शारदा ग्रुपले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

ग्रुपका अध्यक्ष शिवरतन शारडाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग रकममध्ये पशुपति खाद्य तेल उद्योगले ६१ लाख, पशुपति सिनप्याक इन्डस्ट्रिजले १५ लाख, प्रिमियर वायर्सले १५ लाख र प्रिमियर डिस्टिलरीले १० लाख रुपैयाँ दिएका छन् ।

ग्रुपले तत्काल राहतका लागि करिब ६० लाख रुपैयाँ बराबरका खाद्य तथा पेय पदार्थ पनि सरकारलाई उपलब्ध गराएको छ । गुडलाइफ र रमपमका चाउचाउ, बिस्कुट तथा जुसलगायतका सामग्री बाढीपहिरो प्रभावित क्षेत्रमा वितरण गरिने जनाइएको छ ।

त्यस्तै, प्रभावित जिल्लामा आवश्यक पर्ने अक्सिजन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराउने ग्रुपले जनाएको छ ।

घाइतेका लागि रगतको अभाव हुन नदिन काठमाडौं र विराटनगरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको ग्रुपले जनाएको छ ।

ग्रुपका अध्यक्ष शारडाले विपद्मा प्रभावित नागरिकसँग उभिनु आफ्नो जिम्मेवारी भएको बताउँदै आगामी दिनमा पनि आवश्यकता अनुसार राहत, उद्धार र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?