‘केएल दुगड ग्रुप’द्वारा भोटेकोशी बाढी पीडितलाई खाद्यात्र सामग्री सहयोग

लोकपथ
0
Shares

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका परिवारलाई केएल दुगड ग्रुपले खाद्यान्न सहयोग गरेको छ ।

ग्रुपले पहिलो चरणमा दुई ट्रक खाद्यान्न सामग्री विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरेको हो ।

उक्त राहत सामग्री जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

राहत सामग्रीमा चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल, बिस्कुट, चिउरा, मसला लगायत दैनिक आवश्यक पर्ने खाद्य सामग्री छन् ।

बाढीका कारण प्रभावित परिवारको दैनिक जीवन कठिन बनेकाले तत्काल आवश्यक खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको ग्रुपले जनाएको छ ।

सडक तथा यातायातमा समस्या रहेकाले थप राहत सामग्री पनि चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पठाउने ग्रुपले जनाएको छ ।

विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको भन्दै ग्रुपले आगामी दिनमा पनि राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?