रसुवा बाढीबारे प्रधानमन्त्री शाहले लिए प्रधानसेनापतिसँग ‘ब्रिफिङ’

लोकपथ
203
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न संकटबारे प्रधानसेनापति अशोकराज सिग्देलसँग जानकारी लिएका छन् ।

प्रधानमन्त्री शाहले सोमबार प्रधानसेनापति सिग्देलसँग भेट गरी बाढीपछि भइरहेको खोजी, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे ब्रिफिङ लिएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म भएका काम, उद्धारको अवस्था र आगामी व्यवस्थापनका विषयमा जानकारी लिइएको हो ।

प्रधानमन्त्री शाहले आजै सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि भेट गरी बाढीपछिको अवस्थाबारे ब्रिफिङ लिने तयारी गरेका छन् ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी, उद्धार तथा राहत व्यवस्थापनमा परिचालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?