रसुवाका बाढी-पीडितलक्षित नबिल बैंककाे रक्तदान

लोकपथ
0
Shares

काठमाडौं । नबिल बैंक लिमिटेडले रसुवा बाढीपीडितको सहयोगका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकको प्रधान कार्यालय तीनधारामा लायन्स क्लबसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

भदौ १५ गते सोमबार भएको कार्यक्रममा बैंकका कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेका थिए । बाढी तथा पहिरोपछि घाइतेको उपचारमा रगतको अभाव हुन नदिन कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘सधैँ सँगै अघि’ भन्ने नारासहित बैंकले मानवीय सहयोगका रूपमा रक्तदान कार्यक्रम गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?