काठमाडौं । नुवाकोटमा रहेको माथिल्लो त्रिशूली–३ बीस्थित टनेलमा फसेकाहरुको उद्धार कार्य अघि बढाउने तयारी गरिएको छ ।
उर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार हालसम्म फ्रन्ट फेसमा ४ वटा प्वाल ड्रिलिङ सम्पन्न भएको छ । प्राप्त प्रगतिका आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ ।
उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तयारी तथा समन्वय निरन्तर जारी रहेको सचिवालयले जनाएको छ ।
यता त्रिशूली ३ ‘ए’ मा पनि उद्धारको काम भइरहेको छ । टनेलको माथिल्लो भागबाट ड्रिल गरेर टनेलभित्र रहेकाहरुलाई अक्सिजन र उद्धार गर्ने काम भइरहेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया