नाडा अटो शोमा शिखर  इन्स्योरेन्सको दबदबा, लक्की ड्रमा पहिलो र दोस्रो विजेताले के पाउँछन् ?

लोकपथ
35
Shares

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ मा नयाँ मोडलका कार, विद्युतीय सवारी (ईभी) र बाइक प्रदर्शनमा राखिएका छन् । सवारीसाधनसँगै बीमा सेवाबारे जानकारी दिन शिखर इन्स्योरेन्सले पनि मेलामा आफ्नो स्टल राखेको छ ।

नाडा अटो शोको इन्स्योरेन्स पार्टनर तथा सहप्रायोजक रहेको शिखर इन्स्योरेन्सले स्टलमार्फत सवारी बीमा, तेस्रो पक्ष बीमा र बीमाबाट पाइने सुविधाबारे जानकारी दिइरहेको छ ।

कम्पनीले सवारीसाधन किन्दा मूल्य, डिजाइन र प्रविधिसँगै बीमालाई पनि ध्यान दिनुपर्ने बताएको छ । सरकारले अनिवार्य गरेको तेस्रो पक्ष मोटर बीमाबारे पनि आगन्तुकलाई जानकारी दिइँदै आएको छ ।

सवारीसाधनको संख्या बढेसँगै दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले बीमा आर्थिक जोखिम कम गर्ने महत्वपूर्ण माध्यम भएको कम्पनीको भनाइ छ । दुर्घटनामा सवारीसाधनमा क्षति पुगेमा ठूलो आर्थिक भार कम गर्न बीमाले सहयोग गर्ने भएकाले यसलाई अतिरिक्त खर्चभन्दा जोखिम व्यवस्थापनको साधनका रूपमा लिनुपर्ने कम्पनीले जनाएको छ ।

अटो शो अवधिभर शिखर इन्स्योरेन्सले दैनिक लक्की ड्रको व्यवस्था पनि गरेको छ । लक्की ड्रमा सहभागी हुन इच्छुकले आफ्नो विवरण दर्ता गरी कुपन ड्र बक्समा राख्न सक्नेछन् ।

लक्की ड्रका पहिलो विजेताले नगरकोटस्थित रेस्टुरेन्टमा खाने तथा बस्ने सुविधा पाउनेछन् भने दोस्रो विजेताले एक वर्षका लागि निःशुल्क स्वास्थ्य बीमा पाउनेछन् । अन्य उपहारसमेत दिइने कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले ‘अटो प्लस बीमा योजना’ पनि प्रवर्द्धन गरिरहेको छ । ‘सम्पूर्ण खर्च शिखरले बेहोर्छ’ भन्ने नारासहित कम्पनीले मेलामा बीमा योजनाबारे जानकारी दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?