काठमाडौं । लगातार पाँचौँ दिन पनि शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार १ दशमलव ०४ अंकले घटेर २ हजार ५ सय ५७ दशमलव ३१ बिन्दुमा रोकिएको हो ।
बाढीको प्रभाव शेयर बजारमा पनि देखिएको छ । कारोबारमा निर्जीवन बीमा समूहको उपसूचक २ दशमलव ०४ प्रतिशतले घटेको छ । यस्तै, म्युचुअल फण्ड ३ दशमलव १२ प्रतिशत, अन्य समूह १ दशमलव ०७ प्रतिशत र हाइड्रोपावर समूहको उपसूचक ० दशमलव ५५ प्रतिशतले घटेको छ । बाँकी उपसूचक भने सकारात्मक देखिएका छन् ।
आज १४६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको घटेको छ । १५ कम्पनीको शेयर मूल्य स्थिर रह्यो । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
घट्नेमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ४५ प्रतिशत, त्रिशूली जलविद्युत कम्पनीको ९ दशमलव २३ प्रतिशत, इमर्जिङ नेपाल र रसुवागढी हाइड्रोपावर कम्पनीको समान ८ दशमलव ३८ प्रतिशत तथा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको ८ प्रतिशतले घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३४८ कम्पनीका १ करोड ६ लाख २६ हजार ३७० कित्ता शेयर ३ अर्ब ७८ करोड ६४ लाख ५० हजार रुपैयाँमा कारोबार भएको छ ।
बुधबार ३४८ कम्पनीका १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता शेयर ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम करिब ९९ करोड रुपैयाँले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया