साउनमा १ लाख ६९ हजार थान स्मार्टफोन आयात, सरकारले उठायो ७२ करोड राजस्व

लोकपथ
0
Shares

काठमाडौं । नेपालीले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै एक लाख ६९ हजार थान स्मार्टफोन खरिद गरेका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन महिनाको आयात–निर्यात तथ्यांकअनुसार उक्त अवधिमा तीन अर्ब ८७ करोड रुपैयाँबराबरका एक लाख ६९ हजार थान स्मार्टफोन आयात भएका हुन् ।

स्मार्टफोन आयातबाट सरकारले साउन महिनामा मात्रै ७२ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको साउनमा भने तीन अर्ब ४१ करोड रुपैयाँबराबरका एक लाख ९८ हजार थान स्मार्टफोन आयात भएका थिए । उक्त आयातबाट सरकारले ६३ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनमा स्मार्टफोनको आयात परिमाण घटेको छ । यद्यपि, आयातबाट संकलन हुने राजस्व भने बढेको देखिन्छ ।

यस्तै, चालु आर्थिक वर्षको साउनमा चार करोड ९८ लाख रुपैयाँबराबरका १० हजार ४५ थान स्मार्टफोन आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने एक करोड ९० लाख रुपैयाँबराबरका चार हजार ४३९ थान स्मार्टफोन आयात भएका थिए ।

यस आधारमा गत आर्थिक वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा स्मार्टफोनको आयात उल्लेख्य रूपमा बढेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?