कांग्रेस महाधिवेशनको मतदानस्थलमा मोबाइल निषेध

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान १० बजेबाट मतदान हुँदैछ ।

साँझ ६ बजेसम्म चल्ने मतदानका लागि विभिन्न ३ स्थान तोकिएको छ । खुलामञ्च, प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतदान हुन लागेको हो ।

तीन वटा बुथ अन्तर्गत छुट्टाछुट्टै प्रदेश, जनसम्पर्क समिति र भ्रातृ तथा सुभेच्छुक संस्थाबाट आएका महाधिवेशन प्रतिनिधिहरुका लागि छुट्टाछुट्टै मतदानस्थल तोकिएको हो ।

निर्वाचन समितिले मतदानस्थल स्थलमा मोबाइल लैजान भने निषेध गरेको छ ।

‘मतदानस्थलमा मोबाइल लगायत निर्वाचन आचारसंहिताले निषेध गरेको वस्तुहरु लिइ प्रवेश गर्न पाइने छैन,’ कांग्रेसको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले भनेका छन् ।

मतदान सकिएपछि भोलिबाटै मतगणना सुरु गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?