कांग्रेस सभापतिमा गगनसँग श्यामकृष्णले प्रतिष्पर्धा गर्ने, लिएनन् उम्मेदवारी फिर्ता

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गीबिच प्रतिष्पर्धा हुने भएको छ ।

कांग्रेस महाधिवेशनको निर्वाचन प्रक्रिया अन्तर्गत उम्मेदवारी फिर्ता लिन दिइएको समयमा पनि खड्गीले आफ्नो उम्मेदवारी कायम राखेका हुन् ।

यसबिचमा सभापतिका उम्मेदवार गगन थापासँग कुराकानी भए पनि आफूले सभापतिको उम्मेदवारी कायम राखेको लोकपथलाई जानकारी दिए ।

‘सहमति र सहकार्यका लागि हाम्रो छलफल भएको हो तर मेरो उम्मेदवारी चाँही कायम छ,’ उनले लोकपथसँग भने ।

त्यसो त यसअघि सभापतिमा ३ जनाको उम्मेदवारी परेको थियो । गगन थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठोरको उम्मेदवारी परेको थियो । तर राठोरले भने आजै उम्मेदवारी फिर्ता लिएर सभापतिमा थापालाई नै सघाउने घोषणा गरेका छन् ।

कांग्रेस सभापतिको उम्मेदवार बनेका खड्गी काठमाडौं क्षेत्र नं ६ बाट महाधिवेशन प्रतिनिधि बनेका हुन् । २ कार्यकाल काठमाडौं क्षेत्र नं ६ को क्षेत्रीय सभापति बनेर काम गरिसकेका खड्गी काठमाडौं जिल्ला सहसचिव बनेर समेत काम गरिसकेका नेता हुन् ।

यो पनि…

शिद्धार्थ बनस्थलीका शिक्षक श्यामकृष्ण, विद्यार्थी गगन : अब सभापतिमा प्रतिष्पर्धा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?