साओमीले नेपालमा ल्यायो रेड्मी वाच-६ सिरिज, मूल्य कति ?

लोकपथ
14
Shares

काठमाडौं । साओमीले नेपालमा रेड्मी वाच–६ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले रेड्मी वाच–६, रेड्मी वाच–६ लाइट र रेड्मी वाच–६ एक्टिभ गरी तीन मोडल बजारमा ल्याएको हो ।

सिरिजको मुख्य मोडल रेड्मी वाच–६ मा २.०७ इन्चको एमोलेड डिस्प्ले छ । यसको डिस्प्लेले २ हजार निट्ससम्मको चमक दिन्छ । आल्मुनियम एलोय फ्रेममा बनेको यो स्मार्टवाच सामान्य प्रयोगमा २४ दिनसम्म चल्ने कम्पनीको दाबी छ ।

रेड्मी वाच–६ मा स्वास्थ्य निगरानीका विभिन्न सुविधा, डुअल एल–१ फाइभ–सिस्टम जीएनएसएस र दुईवटा बटनमार्फत सञ्चालन गर्न सकिने सुविधा छन् । यो ५ एटीएमसम्म पानी प्रतिरोधी रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, रेड्मी वाच–६ लाइटमा १.९६ इन्चको एमोलेड डिस्प्ले र १ हजार ५ सय निट्ससम्मको चमक छ। यसमा ब्लुटुथ कलिङ, १५० भन्दा बढी खेलकुद मोड, विभिन्न स्याटेलाइट प्रणालीबाट स्थान पहिचान तथा पौडीका लागि विशेष मोडलगायत सुविधा छन् ।

४७० एमएएच ब्याट्री रहेको रेड्मी वाच–६ लाइट सामान्य प्रयोगमा १८ दिनसम्म चल्ने कम्पनीको दाबी छ। यसमा मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा र अन्य स्वास्थ्यसम्बन्धी निगरानी सुविधा पनि छन् ।

रेड्मी वाच–६ एक्टिभमा १.८५ इन्चको एमोलेड डिस्प्ले छ, जसले १ हजार २ सय निट्ससम्मको चमक दिन्छ। यो आईपी६८ धुलो तथा पानी प्रतिरोधी रहेको छ। ९.९ मिलिमिटर पातलो डिजाइन र सजिलै फेर्न मिल्ने स्ट्र्यापका कारण दैनिक प्रयोगका लागि सहज हुने कम्पनीले जनाएको छ ।

रेड्मी वाच–६ एक्टिभमा ब्लुटुथ कलिङ, मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा र तनाव निगरानी गर्ने सुविधा छन्। यसको ब्याट्री सामान्य प्रयोगमा १८ दिनसम्म चल्ने कम्पनीको दाबी छ ।

नेपालमा रेड्मी वाच–६ को मूल्य २० हजार ४९९ रुपैयाँ तोकिएको छ । यो ग्लेसियर ब्लु, अब्सिडियन ब्ल्याक र सिल्भर ग्रे रङमा उपलब्ध छ ।

रेड्मी वाच–६ लाइटको मूल्य १४ हजार ९९९ रुपैयाँ रहेको छ । यो ब्ल्याक र स्टिल ग्रे रङमा उपलब्ध छ ।

त्यस्तै, रेड्मी वाच–६ एक्टिभको मूल्य १० हजार ९९९ रुपैयाँ तोकिएको छ । यो मिडनाइट ब्ल्याक, म्याट सिल्भर र सनसेट ओरेन्ज रङमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?