काठमाडौं । देशको कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट प्रतिघण्टा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल भारतबाट विद्युत् आयात गरिएको छैन ।
प्राधिकरणले २२ हजार १०२ मेगावाट प्रतिघण्टा बराबरको विद्युत् निर्यात गरिरहेको जनाएको छ । प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले ४७ हजार ५६३ मेगावाट प्रतिघण्टा बिजुली उपलब्ध गराएका छन् ।
त्यस्तै, प्राधिकरणका सहायक कम्पनीमार्फत १७ हजार १०८ मेगावाट प्रतिघण्टा बराबर ऊर्जा आपूर्ति भएको छ भने प्राधिकरणका आफ्नै आयोजनाबाट आठ हजार ९५९ मेगावाट प्रतिघण्टा बराबरको ऊर्जा उपलब्ध भएको छ ।
हाल कुल राष्ट्रिय विद्युत् माग ५१ हजार ५२७ मेगावाट प्रतिघण्टा रहेको छ । साँझको समयमा भने कुल माग तीन हजार २४८ मेगावाट बराबर रहेको प्राधिकरणले जनाएको छ ।
वर्षाका कारण देशभर विद्युत् आपूर्तिमा कुनै अवरोध नरहेको प्राधिकरणले जानकारी दिएको छ । कुनै स्थानमा अवरोध आए तत्काल मर्मतका लागि प्राविधिक टोली तयारी अवस्थामा राखिएको छ ।
प्राधिकरणले सातवटै प्रदेश कार्यालय तथा काठमाडौंमा मर्मत टोलीलाई तयारी अवस्थामा राखेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया