काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमा डेटा सेन्टर निर्माण गर्ने अमेरिकी प्रविधि कम्पनीहरूलाई भारी कर र जरिबाना लगाउने चेतावनी दिएका छन् ।
अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र त्यसका लागि आवश्यक पूर्वाधारमा चीनसँग प्रतिस्पर्धा गरिरहेको भन्दै उनले अमेरिकी अग्रता कायम राख्न यस्तो नीति आवश्यक रहेको बताएका हुन् ।
शुक्रबार चीन भ्रमणपछि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । उनले यस विषयमा सरकारी अधिकारीहरूसँग भने छलफल नगरेको बताए ।
ट्रम्पले अमेरिकी समुदायलाई डेटा सेन्टर निर्माणबाट हुने आर्थिक लाभ लिन आग्रह गरेका छन् । यस्ता परियोजनाबाट स्थानीय बासिन्दाले रोजगारी, आर्थिक लाभ र आवश्यक सुविधा पाउनुपर्ने उनको भनाइ छ ।
उनले एआई क्षेत्रमा अमेरिका र चीन मात्रै अग्रस्थानमा रहेको उल्लेख गर्दै अमेरिकी नेतृत्व कायम राख्नुपर्ने बताए । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको वार्तामा एआईका लागि साझा सुरक्षा मापदण्ड बनाउने विषयमा सहमति भएको पनि ट्रम्पले जानकारी दिए ।
चिप तथा अन्य रणनीतिक प्रविधि उद्योगको लगानी विदेशिने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले यस्ता उद्योग र पूर्वाधार अमेरिकामै विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया