गण्डकीमा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा पुनःविचारका लागि फिर्ता

लोकपथ
0
Shares

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक पुनःविचारका लागि प्रदेशसभामा फिर्ता पठाएका छन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलका अनुसार प्रदेश प्रमुख भट्टले शुक्रबार सन्देशसहित उक्त विधेयक पुनःविचारका लागि प्रदेशसभामा फिर्ता पठाएका हुन् ।

उक्त विधेयक गण्डकी प्रदेशसभाले गत असार २५ गते पारित गरेको थियो। त्यसपछि प्रमाणीकरणका लागि प्रदेशसभा सचिवालयले असार ३० गते प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

प्रदेश प्रमुखले विधेयकमा पुनःविचार गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रदेशसभामा फिर्ता पठाएपछि अब प्रदेशसभाले विधेयकमाथि पुनः छलफल गरी आवश्यक निर्णय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?