भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

लोकपथ
161
Shares

काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनीविरुद्ध परीक्षा पेपर लिक प्रकरणलाई लिएर झण्डै एक महिनादेखि दिल्लीको जन्तर–मन्तरसहित विभिन्न ठाउँमा प्रदर्शन भइरहेको थियो ।

सामाजिक सञ्जाल मार्फत राजीनामाबारे जानकारी दिँदै प्रधानले देशको एकता, विद्यार्थीको भविष्य र अध्ययनमा असर नपरोस् भन्ने उद्देश्यले आफूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बताएका छन् ।

उनले विद्यार्थीहरू कानुनी झन्झटमा नफसून्, आफ्नो समय पढाइ र करियर निर्माणमा खर्च गर्न सकून् भन्ने सोचका साथ यो निर्णय लिएको उल्लेख गरेका छन् ।

यसअघि कांग्रेससहितका विपक्षी दलहरूले पनि निट पेपर लिक प्रकरणको जिम्मेवारी लिँदै शिक्षामन्त्री प्रधानले राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?