के भयो आज सुनचाँदीको मूल्य ? 

लोकपथ
105
Shares

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन २ लाख ९१ हजारमा कारोबार भएको  सुन आज प्रतितोला  ३ सय रुपैयाँले बढेर २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो । अघिल्लो दिन ४ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी आज  २५ रुपैयाँले बढेर  ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?